धनगढी । पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरण र असल अभ्यास आदान–प्रदानका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय संवाद सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ, मर्सिकोर नेपाल र द कोका–कोला फाउण्डेशनको सहकार्य रहेको थियो। कार्यक्रम “नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (सान) परियोजना” अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रममा विपद् आउनुअघि नै पूर्वानुमानका आधारमा आवश्यक तयारी र प्रतिकार्य अघि बढाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले पूर्वकार्यलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने र प्रदेश तथा स्थानीय सरकारसहित सरोकारवाला निकायबीच समन्वय मजबुत बनाउनुपर्नेमा जोड दिए।
प्यानल छलफलमा प्रदेश तथा स्थानीय सरकार, जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया, जिल्ला विपद् व्यवस्थापन समिति र सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा पूर्वकार्य कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा व्यवहारिक समस्या, सूचना प्रवाह, स्रोत व्यवस्थापन र अन्तरसरकारी समन्वयका चुनौतीबारे विज्ञ तथा सरोकारवालाबीच छलफल भएको थियो। छलफलको सहजीकरण न्यूज २४ का प्रस्तोता बिरेन्द्र जैरूले गरेका थिए।
संवादको निष्कर्षस्वरूप पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउँदै विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु