काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। प्रभावित क्षेत्रको अवस्था बुझ्दै उनले राहत, उद्धार र अवरुद्ध पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाह बिहीबार बिहान करिब ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्गबाट नुवाकोट पुगेका थिए। निरीक्षणका क्रममा उनले बाढी प्रभावित बस्तीमा पुगेको क्षतिको अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेका थिए। बाढीको अवस्थाबारे उच्चस्तरीय बैठक बोलाएर आवश्यक निर्देशन दिएका उनले त्यसपछि प्रभावित क्षेत्रमै पुगेर क्षतिको प्रत्यक्ष अवलोकन गरेका हुन्।
स्थलगत निरीक्षणका क्रममा शाहले बाढीका कारण विस्थापित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिए। साथै, अवरुद्ध सडक तथा अन्य अत्यावश्यक भौतिक संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरे।
प्रभावित क्षेत्रको तत्कालीन आवश्यकतासँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
निरीक्षणपछि आवश्यक निर्देशन दिएर प्रधानमन्त्री शाहको टोली बिहीबार नै काठमाडौं फर्किएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो