रसुवा बाढीको जोखिममा परेका ८८३ जनाको उद्धार

रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिममा परेका रसुवाका विभिन्न क्षेत्रबाट नेपाली सेनाले ८८३ जनालाई सुरक्षित स्थानमा उद्धार गरेको छ। उद्धार गरिएकामध्ये अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयलाई सेनाले जोखिमपूर्ण अवस्थामा बाहिर निकालेको हो।

बाढीका कारण टनेलभित्र अझै सयभन्दा बढी मानिस रहेको बताइएको छ। उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली निरन्तर परिचालित रहेको जनाएको छ। प्रतिकूल मौसम र तीव्र बाढीका बीच उद्धार कार्यलाई अघि बढाइएको हो।

यसैगरी, सेनाको टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीलगायतका क्षेत्रबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। बाढीका कारण जिल्लाका विभिन्न बस्ती तथा पूर्वाधार उच्च जोखिममा परेपछि उद्धार तथा स्थानान्तरण कार्यलाई तीव्र पारिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ