काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट जोगिएर फर्किएका अपर त्रिशूली–२१६ जलविधुत आयोजनाका दुई सब–इन्जिनियरले सुरुङभित्र फसेका सहकर्मीको खोज तथा उद्धारमा ढिलाइ नगर्न सरकारसँग माग गरेका छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाका महेश रावल र उमेश रावलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बाढीका बेला आफूहरूले भोगेको अवस्थाबारे जानकारी दिँदै आयोजनाभित्र अझै धेरै कामदार तथा कर्मचारी सम्पर्कविहीन रहेको बताएका हुन्।
उनीहरूका अनुसार बाढी आउनुअघि कुनै पूर्वसूचना प्राप्त भएको थिएन। अचानक ठूलो आवाज सुनेपछि बाहिर निस्कँदा आयोजनातर्फ तीव्र गतिमा बाढीको भेल आएको र धेरै सहकर्मीलाई बगाएको उनीहरूले बताए।
रावलद्वयले आफूहरू केही साथीहरूसहित भिरमा घाँस समातेर ज्यान जोगाउन सफल भएको उल्लेख गर्दै सुरुङभित्र रहेका व्यक्तिको तत्काल खोजी गरे उनीहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको बताए।
उनीहरूका अनुसार आयोजनाको ड्याम, पावर हाउस र सुरुङ क्षेत्रमा तीन हजारभन्दा बढी कामदार तथा कर्मचारी कार्यरत थिए। बाढीपछि एक हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको हुनसक्ने उनीहरूको दाबी छ।
बाढी प्रभावित क्षेत्रमा बाहिर देखिएका व्यक्तिको उद्धारसँगै जोखिमपूर्ण संरचना र सुरुङभित्र फसेकाहरूको खोजीलाई पनि सरकारले उच्च प्राथमिकता दिनुपर्ने उनीहरूको आग्रह छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो