काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ।
सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो र भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने कामलाई तीव्र रूपमा जारी राखेको छ।
एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारहरूको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उच्च प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ। प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास गरिरहेको छ।
सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोली भित्र प्रवेश गर्नेछ।














चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो