काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरुको उद्धार कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव मागेका छन् ।
बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणबाट फर्किएपछि घिसिङ बिहीबार केही पार्टी नेतासहित प्रधानमन्त्री भेट्न सिंहदरबार गएका थिए ।
त्यस क्रममा प्रधानमन्त्री शाहले उनलाई सुरुङमा फसेकाको उद्धार गर्ने उपाय सोधेका हुन् ।
प्रधानमन्त्री भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले त्यसबारे आफूलाई थाहा भएको उपाय सुझाएको बताए ।
‘सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो,’ घिसिङले भने, ‘हामीले बुझेका र गर्नुपर्ने कुरा राखेका छौं ।’
प्रधानमन्त्रीले जुनसुकै उपायद्वारा सुरुङमा फसकेकाको उद्धार गर्ने प्रतिबद्धता जनाएको घिसिङले उल्लेख गरे ।
यसअघि बुधबार प्रतिनिधिसभा बैठकमा बाढीपछिले गरेको जनधनको क्षति, उद्धार तथा राहतलगायत विषयमा भइरहेका कामबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले लेदो पन्छाएर सुरुङमा फसेकाको उद्धार गर्ने प्रविधि र सामथ्र्य नेपालमा मात्र नभई संसारमै नरहेको बताएका थिए ।
निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३ ‘ए’ र थ्री ‘बी’, लाङटाङ खोला, रसुवागढी जलविद्युत् आयोजनामा गरी सयौं प्राविधिक र गैरप्राविधिक कामदार सुरुङमा फसेका छन् ।
अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा देखेका र गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
प्रधानमन्त्रीलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गर्नुपर्ने काम समेटेर लिखित सुझाव दिइएको उनले बताए ।
‘विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट विषयमा हामीले समग्र रूपमा सरकारलाई लिखित र मौखिक सुझाव दिने काम भएको छ’, उनले भने ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो