काठमाडौं । धनगढी उप-महानगरपालिकाका निवर्तमान नगर प्रमुख नृप वडले नेपालमा खाना पकाउने ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारले दीर्घकालीन र प्रभावकारी योजना बनाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका वडले ग्यासको अभावलाई सामान्य बजार समस्या मात्र नभई उपभोक्ता अधिकार, आपूर्ति व्यवस्थापन र सरकारी जवाफदेहितासँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार माग–आपूर्तिको वैज्ञानिक अध्ययन, पर्याप्त बफर स्टक, वैकल्पिक आयात स्रोत, पारदर्शी वितरण र नियमित बजार अनुगमन आवश्यक छ।
कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न कडा अनुगमन र कारबाही गर्नुपर्नेमा जोड दिँदै उनले संकट आएपछि मात्रै सक्रिय हुनेभन्दा अभाव हुनुअघि नै सरकारले तयारी गर्नुपर्ने बताए। साथै संघ, प्रदेश र स्थानीय तह तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।
दीर्घकालीन रूपमा खाना पकाउने ग्यासमाथिको निर्भरता घटाउन विद्युतीय चुलो र स्वदेशी विद्युत्को प्रयोग बढाउनुपर्ने सुझाव दिँदै वडले “सरकारको सफलता कति बैठक भयो भन्नेले होइन, कति घरको चुलो नियमित रूपमा बल्यो भन्नेले मापन हुनुपर्छ” भनेका छन्।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो