काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ६ जनाको मृत्यु भएको हो ।
असोज ७ गतेदेखि हालसम्म ७ जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये पाल्पाका एक तथा बागलुङका चार र म्याग्दीका दुई जना रहेका छन् । बेपत्ताको खोजी तथा उद्धार जारी छ ।
बाढी र पहिरोको जोखिम बढेपछि नवलपरासी क्षेत्रमा १ हजार १ सयभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।
नवलपुर, चितवन, पाल्पा र पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको असर देखिएको छ । कालीगण्डकी र नारायणी नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा जोखिम थपिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार तत्कालको जोखिम भने टरिसकेको छैन । आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेकाले बाढी तथा पहिरोको जोखिम कायम छ ।
यसैबीच, हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेकाले पर्यटक तथा ट्रेकर्सका लागि सतर्कता सूचना जारी गरिएको छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको प्राधिकरणले जनाएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो