काठमाडौं । मनाङको हिम्लुङ हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ।
सोमबार बिहानैदेखि हेलिकप्टरमार्फत तीन जनाको टोली परिचालन गरी खोजी भइरहेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आइतबार ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालमा हिमपहिरो खस्दा २७ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ११ जना आफैँ हिँडेर फुँ गाउँ आइपुगेपछि सम्पर्कमा आएका छन्। घटनास्थलबाट दुई जनाको शवसमेत फेला परेको छ।
हाल १४ जना अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजी भइरहेको पौडेलले बताए। फेला परेका शव काठमाडौं पठाउने तयारी भइरहेको छ।
खोजीका लागि अनुभवी गाइडहरू परिचालन गरिएको र मौसमसमेत खुलेका कारण अभियानमा सहजता हुने अपेक्षा गरिएको उनले बताए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो