दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कञ्चनपुर । महाकाली नदीमाथिको झोलुङ्गे पुल बुधबार बिहान चुँडिएको छ। पुलको एक भाग भाँचिएर नदीमा लत्रिएपछि आवतजावत पूर्णरूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुलको पिल्लरमा क्षति पुगेपछि संरचना भाँचिएको हो। बिहान पुलको दोधारा तर्फ करिब ५–६ मिटर भाग माथि उठेको देखिएको थियो। त्यसपछि पिल्लरसमेत भत्किएर पुल चुँडिएको प्रहरीले जनाएको छ।

दोधारा–चाँदनी नगरपालिका–४ मा पुल चुँडिएसँगै स्थानीयलाई नदी वारपार गर्न समस्या भएको छ। उक्त झोलुङ्गे पुलले दोधारा–चाँदनी क्षेत्रलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्दै आएको थियो।

महाकाली नदीमा अहिले पक्की पुल सञ्चालनमा रहेकाले पछिल्लो समय सर्वसाधारणको आवतजावत त्यही पुलबाट बढी हुने गरेको छ। लामो समयदेखि प्रयोगमा रहेको झोलुङ्गे पुल भने जीर्ण अवस्थामा पुगेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ