कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले महाकाली नदीमाथिको ऐतिहासिक दोधारा-चाँदनी झोलुङ्गे पुल भाँचिएको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लेखकले यातायात सम्पर्कबाट अलग रहेको दोधारा–चाँदनीलाई तत्कालीन अवस्थामा देशको अन्य भूभागसँग प्रत्यक्ष जोड्ने उक्त पुल कञ्चनपुरको मात्र नभई देशकै ऐतिहासिक सम्पदा भएको बताएका छन्।
लेखकले २०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा–चाँदनी जोड्नुपर्ने प्रस्ताव राखेको स्मरण गरेका छन्। त्यसबेला कतिपयले यो असम्भव योजना भन्दै आफूलाई ठट्टा गर्ने गरेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार त्यसै अवधिमा पुल निर्माणको काम अघि बढ्यो। नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताको सहभागितामा महाकालीमा ऐतिहासिक लामो झोलुङ्गे पुल निर्माण भएको उनले बताएका छन्।
उक्त पुल निर्माणपछि देशका अन्य स्थानमा पनि लामो झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास सुरु भएको लेखकको भनाइ छ। त्यसैले महाकालीको यो पुल नेपालको झोलुङ्गे पुल विकासक्रमको इतिहाससँग समेत जोडिएको उनले बताएका छन्।
पुलको ऐतिहासिक महत्वलाई ध्यान दिँदै संरक्षण आवश्यक रहेको उल्लेख गर्दै लेखकले नेपाल सरकार तथा सम्बन्धित सबै निकायलाई यथाशीघ्र पुलको पुनर्निर्माण, मर्मत तथा सम्भारको काम अघि बढाउन आग्रह गरेका छन्।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
रमेश लेखकले भने, दोधारा-चाँदनी झोलुङ्गे पुल छिटो पुनर्निर्माण होस्