काठमाडौं । बाढी तथा अन्य विपद् बाट प्रभावित परिवारलाई सरकारले न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिने भएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’मार्फत यस्तो सहायता उपलब्ध गराउन लागेको हो। कार्यक्रमको प्रारम्भिक कार्यान्वयन भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट सुरु हुनेछ।
नगद सहायता वितरणका लागि मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच मंगलबार समझदारी भएको छ। प्रभावितको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट लिएर आवश्यक प्रमाणीकरणपछि रकम लाभग्राहीको बैंक खातामा सिधै जम्मा गरिनेछ।
प्राप्त रकम खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, घरायसी सामग्री, यातायात तथा जीविकोपार्जनका आवश्यक काममा खर्च गर्न सकिनेछ।
कार्यक्रम तत्कालीन राहतमा मात्र सीमित नरहने मन्त्रालयले जनाएको छ। प्रभावितलाई बीउपूँजी, व्यवसाय पुनःस्थापना, सीप तथा रोजगारमूलक तालिम, रोजगारी र उद्यमशीलता विकास लगायतका सहयोगसमेत उपलब्ध गराइनेछ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अन्य जोखिममा रहेका प्रभावितलाई प्राथमिकता दिइनेछ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो