काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासीमा २ सय २२ जनाको शव फेला परेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको उनले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अझै ४ हजार ७१८ जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो