बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको लगातार वर्षापछि गएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
असोज ११ गते पहिरोमा परेर बेपत्ता भएकी तमानखोला गाउँपालिका–४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीका अनुसार पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोलामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको ज्यान गएको छ।
तमानखोलामा मृत्यु हुनेमा बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपाली रहेका छन्। प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो