झापा । धान पाक्ने समय नजिकिएसँगै झापामा जङ्गली हात्तीबाट बाली र जनधन जोगाउने चुनौती बढेको छ। हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले माइकिङ तथा गस्तीमार्फत स्थानीयलाई सचेत गराइरहेको छ। हात्तीको आवतजावत हुने क्षेत्रमा बिहान–बेलुका र राति विशेष सावधानी अपनाउन तथा अत्यावश्यक कामबाहेक अँध्यारोमा घरबाहिर ननिस्कन प्रहरीले आग्रह गरेको छ।
गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले हात्ती देखिए नजिक जाने, जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न आग्रह गरे। हात्तीको बाटो छेक्ने र नजिक गएर फोटो खिच्ने गतिविधिले जोखिम बढाउने उनले बताए।
मेचीनगरको बाहुण्डाँगी, बुद्धशान्ति, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको समस्या देखिँदै आएको छ। प्रहरीले किसानलाई धानबाली जोगाउने क्रममा हात्ती धपाउन जोखिम नमोल्न र सुरक्षित रहन आग्रह गरेको छ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
पत्रकार पक्राउको विरोधमा आज माइतीघरमा धर्ना
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
भारतीय विदेश सचिव आज नेपाल आउँदै
भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु
फोक्सुन्डो जाने क्रममा हिमपातमा फसे ६ भारतीय पर्यटक