बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कात्तिक ९ गते पाँच जनाको टोली बडीमालिका गएको थियो। तीमध्ये तीन जना फर्किसकेका छन्। फर्कने क्रममा बोहरा शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए भने कार्कीसँग पनि शुक्रबार रातिदेखि सम्पर्क हुन सकेको छैन।
प्रहरीका अनुसार कार्कीले आफू त्रिवेणी पाटनमा रहेको र साथी हराएको जानकारी गराएका थिए। भारी हिमपातका कारण दुवै जना अलपत्र परेको आशंका गरिएको छ।
मोबाइल फोनसमेत बन्द भएकाले उनीहरूको खोजी तथा उद्धारका लागि मार्तडीबाट प्रहरी टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
पत्रकार पक्राउको विरोधमा आज माइतीघरमा धर्ना
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
भारतीय विदेश सचिव आज नेपाल आउँदै
भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु
फोक्सुन्डो जाने क्रममा हिमपातमा फसे ६ भारतीय पर्यटक