काठमाडौं । लगातारको वर्षापछि खहरेखोलामा आएको बाढी र पहिरोका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।
ललितपुरको सुन्दरीघाटस्थित बागमती करिडोरमा खोलाको जलसतह बढेपछि आवागमन रोकिएको छ। त्यस्तै, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
पत्रकार पक्राउको विरोधमा आज माइतीघरमा धर्ना
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
भारतीय विदेश सचिव आज नेपाल आउँदै
भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु
फोक्सुन्डो जाने क्रममा हिमपातमा फसे ६ भारतीय पर्यटक