काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ मा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा अन्य सात जना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान पौने ९ बजे से ००१ च ४३७६ नम्बरको जिप भामचौरस्थित डाँडाइजर सुडेधार खोलामा सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
दुर्घटनामा केदारस्युँ–७ काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा केदारस्युँ–७ का प्रेमबहादुर धामी, रमेश धामी (दुई जना), रामकुमार धामी र रेखा धामी तथा दुर्गाथली–६ की शारदा धामी जाग्री छन्।
काँडाचौरबाट स्थानीय बासिन्दा बोकेर बाग्थलातर्फ जाँदै गरेको जिपमा १५ जना सवार थिए। ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
घाइतेहरूलाई केदारस्युँ गाउँपालिकाको गाडीमार्फत जिल्ला अस्पताल सिमखेत पुर्याइएको छ। प्रहरीले जिप चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
पत्रकार पक्राउको विरोधमा आज माइतीघरमा धर्ना
भारतीय विदेश सचिव आज नेपाल आउँदै
भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु
फोक्सुन्डो जाने क्रममा हिमपातमा फसे ६ भारतीय पर्यटक