चितवन । चितवनको खैरहनी नगरपालिका–३, टुङ्गारास्थित समावेशी टोलका १५ जना महिलाले मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी सातदिने तालिम लिएका छन्।
करुणा ट्रस्ट र फ्यानको साझेदारी तथा स्थानीय सरकारको समन्वयमा नेपाल दलित महिला उत्थान संघ ९एडवान० ले सञ्चालन गरेको ‘महिलाहरूका लागि सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो।

सुनौलो महिला समूहका सदस्यलाई लक्षित गरी आयोजित तालिमको उद्देश्य महिलालाई व्यावसायिक तरकारी खेतीमा दक्ष बनाउँदै आत्मनिर्भरता र आयआर्जनका अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।

तालिममा खैरहनी नगरपालिकाको कृषि शाखाका प्रशिक्षकले सहजीकरण गरेका थिए। सहभागी महिलालाई मौसमी तथा बेमौसमी तरकारी खेतीका व्यावहारिक विधि र प्रविधिबारे जानकारी दिइएको थियो।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँ प्रमुख अतिथि रहेको तालिम समापन कार्यक्रमकमे अध्यक्षता एडवानकी अध्यक्ष विन्दु परियार थापा गरेकी थिइन्। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठ, स्थानीय अगुवा तथा महिला समूहका प्रतिनिधिको सहभागिता थियो।

आयोजकका अनुसार तालिमले महिलाको कृषि सीप विकाससँगै व्यावसायिक उत्पादन र आर्थिक आत्मनिर्भरताको बाटो खोल्ने अपेक्षा गरिएको छ।








१८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या बढ्दो
भोटेकोशीमा श्रीमान् गुमाएकी पेमालाई सरकारको साथ
‘रवि–बालेनले भेटेर पाँच घण्टा के–के गरे कुरा ?’
प्रसूति जटिलतामा परेकी महिलाको हवाई उद्धार
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
विहानै भुकम्पको धक्का महसुस
युवा नीति निर्माणका हिस्सेदार बन्नुपर्छ : लक्ष्मी विक