जनकपुरधाम । तीन वर्षपछि आन्तरिक राजस्व कार्यालय जनकपुरको राजस्व सङ्कलन शतप्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको माघ महिनामा मात्र १२२ प्रतिशत राजस्व संकलन भएको हो ।
गत माघ महिनामा ३० करोड ९६ लाख २१ हजार राजश्व संकलन लक्ष्य राखेकोमा ३७ करोड ७४ लाख ५८ हजार राजश्व उठेको कार्यालय प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिए । यो लक्ष्यभन्दा २२ प्रतिशत बढी हो ।
चालु आर्थिक वर्षको माघ महिनासम्म २ अर्ब ५१ करोड ६० लाख ७५ हजार राजश्व असुल असुल्ने कार्यालयको लक्ष्य छ । जसमा २ अर्ब ५१ करोड १ लाख ३० हजार असुल उपर भएको प्रमुख गुप्ताले बताए । जनु लक्ष्यको शतप्रतिशत हो ।
आर्थिक वर्ष २०७८।०७९ देखि आर्थिक वर्ष २०८०र०८१ सम्म चालु आर्थिक वर्षको लक्ष्य अनुसार राजश्व उठेको थिएन ।
कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा लक्ष्यको ८६ प्रतिशत मत्र राजश्व उठेको थियो । त्यस अघिल्लो आ।व। २०७८र०७९ मा लक्ष्यको ९४ प्रतिशत, उठेको थियो भने आ।व।२०७९र०८० मा ९३ प्रतिशत उठेको थियो ।
सेवा प्रवाहमा व्यापक सुधार, सरकारी कार्यालय, अर्धसरकारी कार्यालयहरू र विभिन्न संस्थाहरूको टिडिएस रकम समयमा दाखिला गर्न सञ्चार, समन्वय र ताकेता गर्दा लक्ष्य अनुसार राजश्व उठेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।
उनका अनुसार आर्थिक ऐन २०८१ ले प्रदान गरेको छुट सुविधाहरूको व्यापक रूपमा प्रचारप्रसार र धनुषा जिल्लाभरिको १७ वटै पालिकाहरूमा ननफाइलर करदाताहरूको सूचना टाँस गरिएको थियो ।
यस्तै बल्क एसएमएस, टेलिफोन र पत्राचार समेत गरिएको, सूचनामा आधारित बजार अनुगमन र अन्तःशुल्क प्रतिष्ठानहरूको नियमित निरीक्षण गरिएको, बक्यौता र बेरुजुलाई प्राथमिकतामा राखी कार्य गरिएको साथै सेक्टर छुट्याएर वस्तुगत व्यवसायीहरूलाई कर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो