काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जुम्लाको उर्वर भूमिमा स्याउ खेती विस्तार गर्ने अभियान थालेका छन्।
आइतबार जुम्लाको हिमा गाउँपालिका ७, धौलापानीमा उनले स्याउका बिरुवा रोप्दै औपचारिक रूपमा स्याउ बगैंचा स्थापना कार्यक्रमको उद्घाटन गरेका हुन्।
नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रममा करिब १३ हजार वर्गमिटर क्षेत्रफलमा २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको छ।
विप्लवले आर्थिक क्रान्तिबिना मुलुकको स्वाधीनता र आत्मनिर्भरता सम्भव नहुने भन्दै कृषि उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्याउन आवश्यक रहेको बताए।
आफ्ना नेता तथा कार्यकर्ताहरूलाई कृषि उत्पादनमा संलग्न गराइएको उल्लेख गर्दै भने, ‘अहिले देशभर हामीलाई खान माग्नुपर्ने अवस्था छैन। सबै नेता९कार्यकर्ता उत्पादनमा लागेका छौँ।’
उनले स्थानीय हावापानी र मौसमअनुसारको फलफूल तथा बालीनाली उत्पादन गर्न जोड दिँदै कृषि क्रान्तिबाट मुलुक आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो