कैलाली । कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले मगरले जनताको समर्थन आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । चुनावी प्रचारप्रसारका लागि घरदैलो तथा भेटघाट अभियानका क्रममा पाएको प्रतिक्रिया र जनताको सहभागिताले आफूलाई थप आत्मविश्वासी बनाएको उनले बताए ।
“मैले जनतासँग सधैँ सिधा र इमानदार कुरा गरेको छु,” उनले भने, “त्यसैको परिणामस्वरूप आज जनता मेरो पक्षमा छन् भन्ने महसुस भइरहेको छ।”
आले मगरले ढाँटेर वा असम्भव आश्वासन बाँडेर होइन, व्यवहारिक र जनजीवनसँग जोडिएका मुद्दालाई अघि सारेर चुनावी अभियान चलाइरहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार आफ्नो प्रमुख एजेन्डा रहेको उनको भनाइ छ ।
घरदैलो अभियानमा सहभागी स्थानीय बासिन्दाले पनि प्रेम आले मगरलाई जनताको कुरा सुन्ने, स्पष्ट बोल्ने र भरोसायोग्य नेताका रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद