नुवाकोट । भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि नेपाल प्रहरीले विदुरमा डीएनए नमूना सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
यसअघि नमूना दिन काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेकामा प्रभावित परिवारलाई सहज बनाउन विदुरमै केन्द्र स्थापना गरिएको नेपाल प्रहरी अस्पतालका डिआइजी डा। दामोदर पौडेलले बताए ।
शवसँग डीएनए परीक्षण गरी पहिचान गर्न बेपत्ता व्यक्तिका नजिकका रगतसम्बन्धी आफन्तको नमूना सङ्कलन गरिने प्रहरीले जनाएको छ । विशेषगरी बुबा, आमा, छोरा वा छोरीको नमूना बढी उपयोगी हुने पौडेलको भनाइ छ ।
प्रहरीका अनुसार नुवाकोटमा बाढीमा बेपत्ता भएको भन्दै २ हजार ५६४ निवेदन परेका छन् । हालसम्म १९२ शव फेला परेकामा १८ जनाको मात्र पहिचान भएको छ । बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द