काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ४० हजार क्युसेक पानीको बहाव पुगेको छ। बहाव बढेसँगै ब्यारेज आसपासको क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार तल्लो तटीय तथा डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यद्यपि विगतको तुलनामा अहिले पानीको बहाव कम रहेकाले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको प्रशासनले जनाएको छ।
पानीको बहाव थप बढे पूर्व–पश्चिम राजमार्गसहित सहायक सडकमा यातायात र मानिसको आवागमन रोक्ने तयारी गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले पनि आगामी केही दिन वर्षाको सम्भावना रहेकाले सप्तकोशीको जलसतह अझै बढ्न सक्ने जनाएको छ। विभागले तल्लो तटीय क्षेत्र र विगतमा डुबानमा परेका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो