भारी हिमपातपछि खुम्बुको उच्च क्षेत्रमा पर्यटकको आवागमनमा रोक

सोलुखुम्बु । खुम्बुको उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ। केही स्थानमा आधा मिटरसम्म हिउँ जमेको प्रशासनले जनाएको छ।

हिमपातका कारण जोखिम बढेपछि माथिल्लो क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिएको छ। सगरमाथा क्षेत्रको इम्जा छेमा रोकिएका सात विदेशी पर्यटकको समेत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए।

प्रतिकूल मौसमका कारण थप पर्यटक तथा पदयात्रीलाई उच्च क्षेत्रमा जान रोक लगाइएको छ। हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले थुक्ला, थोरकसेप र गोक्योलगायत क्षेत्रमा हिमपात भइरहेकाले पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ