काठमाडौँ । रसुवाको केरुङ क्षेत्रमाथि भोटेकोसीको माथिल्लो भागमा रहेका केही साना हिमताल फुटेकाले लेदोसहित नदीमा पानीको बहाव बढेको सरकारले जनाएको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चीनसँग यस विषयमा निरन्तर संवाद भइरहेको बताए। चीनबाट प्राप्त जानकारीअनुसार तत्काल ठूलो जोखिम नरहेको उनको भनाइ छ।
उनले बाँध नफुटेको स्पष्ट पार्दै साना हिमताल फुटेकाले केही स्थानमा लेदोसहित पानीको बहाव बढेको बताए। तत्काल ठूलो विपद्को जोखिम नदेखिए पनि नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
सरकारले चीनबाट प्राप्त सूचनाका आधारमा अवस्थाको निरन्तर अनुगमन गरिरहेको र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो