काठमाडौं । भदौ १० गते विहान करिब ९ बजे भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका एक सय ४६ जना अझै फेला परेका छैनन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नौ जिल्लाका एक सय ४६ जना अझै सम्पर्कविहीन रहेका हुन् ।
प्रदेशभरका १८४ जना सम्पर्कविहीन भएका मध्ये ३८ जना परिवार र प्रहरीको सम्पर्कमा आइसकेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले सबैभन्दा बढी कैलालीका ८५ जना सम्पर्कविहीन भएका थिए । उनीहरुमा २५ जना परिवारको सम्पर्कमा आइसकेका छन् ।
यस्तै, कञ्चनपुरका ४६ जनामा १० जना सम्पर्कमा आएका छन् । बाजुराका १८ जनामा दुई र डडेल्धुराका १७ जनामा १ जना मात्रै सम्पर्कमा आएका छन् । एसएसपी बिष्टका अनुसार बैतडीका ८, दार्चुलाका चार तथा अछाम, बझाङ र डोटीका दुई–दुई जना अझै सम्पर्कविहीन छन् ।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो