काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार हुनेमा सञ्जय साह र कविर महर्जन रहेका छन्। महर्जन आयोजनामा मेकानिकल सुपरभाइजर तथा साह मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए।
सुरुङभित्र खोजीका क्रममा मानिसको आवाज सुनिएको संकेत पाएपछि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार अभियान तीव्र बनाएको थियो। त्यसक्रममा दुवै जनालाई सुरुङबाट बाहिर निकालिएको हो।
बाढीपछि सुरुङभित्र फसेका उनीहरूलाई १० दिनपछि जीवितै निकाल्न सफल भएपछि उद्धार टोली र आफन्तमा खुसी छाएको छ। सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने आशंकामा
खोजी तथा उद्धार कार्य जारी रहेको छ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो