नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको पीडा अझै उस्तै छ। बाढीले बस्ती, सडक र संरचना बगाएको क्षेत्रमा अहिले पनि भग्नावशेषबीच हराएका आफन्तको खोजी जारी छ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन पुगेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसामु स्थानीयले भोगेको पीडा र समस्या सुनाएका छन्। उनीहरूले बाढीले घरबार र जीविकोपार्जनका आधार खोसेको भन्दै उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन आग्रह गरे।

भत्किएका संरचना र नदीले बदलिदिएको भूगोलबीच स्थानीयहरू अझै आफ्ना आफन्त र हराएका सामानको खोजीमा छन्। बाढीपछि बाँचेका परिवारका लागि अबको चुनौती सुरक्षित बास, रोजगारी र पुनःस्थापना बनेको छ।
स्थानीयको पीडा सुनेपछि ओलीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहलमा जोड दिनुपर्ने बताएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो