काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसार अन्त्यका लागि सरकारसँगै सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम र समुदायको संयुक्त प्रयास आवश्यक रहेको बताएकी छन् ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवसका अवसरमा सन्देश जारी गर्दै उनले प्रविधिको विकाससँगै बेचबिखनका नयाँ स्वरूप देखिन थालेकाले यसको सुरक्षित प्रयोग र जनचेतना अभिवृद्धिमा जोड दिइन् ।
मन्त्री बादीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ कार्यान्वयनमा आएको र नियन्त्रणसम्बन्धी ऐन संशोधनको विधेयक संसदमा विचाराधीन रहेको जानकारी दिइन् । विपद्का बेला विस्थापन, गरिबी र रोजगारीको अभावका कारण जोखिममा रहेका समुदाय बेचबिखनको चपेटामा पर्न सक्ने भन्दै उनले रोकथाम र संरक्षणमा थप प्रभावकारी पहल गर्न आग्रह गरिन् ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सकुशल उद्धारको कामना पनि गरेकी छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो