काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटमा प्रधानमन्त्री साहले भोटेकोशी–त्रिशूली बाढीबाट नेपाली तथा विदेशी नागरिक प्रभावित भएको उल्लेख गर्दै विपद्का बेला अमेरिकाले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे। उनले जलवायुजन्य विपद् सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न अमेरिका तयार रहेको बताइन्। भेटमा पर्यटन विकास र नेपालमा अमेरिकी लगानीका सम्भावनाबारे पनि छलफल भएको थियो।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
बाढीले भत्काएका सडक जोड्न चीनले पठायो दुई बेलिब्रिज
भारतीय राजदूतले पुगे रसुवाको स्याफ्रुबेसी