काठमाडौं । इस्लाम धर्मावलम्बीको पर्व रमजान मुबारक महिना आइतबारदेखि सुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार बस्छन् ।
रोजा बस्न उनीहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाइ प्रारम्भ हुन्छ । रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ ।
निराहार बस्नुलाई रोजा भनिन्छ । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । व्रत बस्न शनिबारे बेलुका उनीहरूले चन्द्रमा हेरेका छन् ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्छन् ।
उर्दू क्यालेण्डरअनुसार हिजरी संवतको रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।
दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो