काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले युवा जनशक्ति निरन्तर विदेश पलायन भइरहेकाले देशको औद्योगिक तथा आर्थिक विकास ठप्प परेको बताएका छन् ।
आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघमा उद्योगी–व्यवसायीसँगको भेटमा अध्यक्ष प्रचण्डले औद्योगिक र आर्थिक विकासबिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले युवा जनशक्ति बाहिरिँदा औद्योगिक गतिविधिहरू प्रभावित भइरहेको बताएका हुन् ।
डलरको लोभ तथा राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चलेको छ । यसलाई रोक्न नैतिक र राष्ट्रभक्तिको शिक्षा आवश्यक रहेको उनले बताए ।
त्यस्तै अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता तथा सुशासनका लागि कार्यकारी शासकीय प्रणाली आवश्यक रहेको बताए ।
अहिलेको शासकीय प्रणालीमा स्थिरता कायम गर्न कठिन रहेको उनले स्पष्ट पारे । उनले जनकपुरधाम ऐतिहासिक शहर भए पनि राजनीतिकरणका कारण वीरगञ्ज र विराटनगरभन्दा पछि परेको बताए । अब जनकपुरधामको विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनकपुर रेलवे सुधारका लागि मालवाहक बोगी थप्न पहल गर्ने उनले बताए । भारतसँग भएको विद्युत व्यापारले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा व्यापारीहरूले नेपालमा औद्योगिक विकासको कमी, युवा पलायन जस्ता विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो