काठमाडौं । मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापनाका माग सहित जागरण अभियान शुरु भएको छ ।मधेश प्रदेशका ८ जिल्लाका ३२ पालिकाहरुमा १ महिने जागरण अभियान आइतबारदेखि शुरु भएको हो ।
‘मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ १ महिने जागरण अभियान अन्तरगत पहिलो चरणमा विभिन्न माग राखी ३२ वटा मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाईमा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाईनेछ ।
अभियान अन्तरगत (आज) धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकामा ज्ञापनपत्र बझाएका छन् । सो ज्ञापनपत्रमा संघ र प्रदेश सरकारसँगको समन्वयमा स्थानीय सरकारद्धारा मुक्त हरवाचरवाको वास्तविक तथ्यांक संकलन गरी उनीहरूलाई वर्गिकृत परिचय पत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाभरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गरियोस् र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने माग राखिएको छ ।
त्यसैगरी मुक्त घोषित मुक्त हरवाचरवाको सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने, दिगो पुनर्स्थापनाका योजना जारी गरी कार्यान्वयन गरियोस र मुक्त हरवाचरवाको भूमि, खाना र आश्रयको अधिकार सुनिश्चित गर्नका साथै महिला र बालबालिकाको अधिकारलाई पर्याप्त रूपमा सम्बोधन गरिनुपर्ने सरकारका सबै नीतिगत निर्णय गर्ने तहहरूमा मुक्त हरवाचरवाहरुको समानुपातिक र अर्थपूर्ण आवाज र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, आगामी अर्थिक वर्षको नीति,कार्यक्रम र बजेटमा हरवाचरवाको पक्षमा नीति, कार्यक्रम र बजेट बिनियोजन गरिनुपर्ने र हरवाचरवाको पहिचान, परिचयपत्र र पुनःस्थापनाका लागी स्थानिय तहबाट कार्यविधि निर्माण गरिनुपर्ने लगायतका मागहरु अघि सारिएको छ ।
मुक्त कमैया कम्लहरी मुक्त हलिया, हरवाचरवा सम्वन्धी वस्तुस्थिति अध्ययन समिति’ ले गतः बैशाख ९ गते आफ्नो अध्यययन प्रतिवेदनको सिफारीशलाई समुचित ठह¥याउँदै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीज्यूको सक्रिय पहलमा विद्यमान कमैया श्रम निषेध ऐन २०५८ अनुसार गत २०७९ श्रावण २ गते हरवाचरवाको मुक्ति र ऋण र कागजात खारेजी सम्वन्धमा ऐतिहासिक घोषणा पुर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाबाट भएको थियो ।
हरवाचरवा मुक्तिको घोषणा भएको २ वर्ष ७ महिना विति सक्दा समेत अहिलेसम्म पुनस्र्थापनाको कुनै पनि काम अगाडी बढन नसकेकोले सरकारलाई दवाव दिन जागरण अभियान शुरु गरिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले बताए । दोश्रो चरणको अभियान अन्तरगत विभिन्न मागहरु राखी मधेश प्रदेशका ८ वटा जिल्ला स्थित जिल्ला भूमि आयोगहरुमा डेलिगेशन सम्पन्न हुनेछ ।
तेश्रो चरणमा मुक्त हरवाचरवा अधिकार मञ्चका ८ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी हरवाचरवा नेताहरुको उपस्थितीमा अभियानको समिक्षा गरि आन्दोलन निर्माण कार्याशाला गोष्ठी आयोजना गरिनेछ । चौथो चरण अन्तरगत मधेश प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगसँग नीतिगत संवाद कार्यक्रम सञ्चालन गरिनेछ भने अभियानको अन्तिम चरणमा काठमाण्डौ केन्द्रीत अभियान सञ्चालन गरिने कुरा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती मण्डलले बताइन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो