काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले उक्त घटनामा परिवारले जाहेरी दिएका आठ जनामध्ये एक जनालाई बुधबार पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका व्यक्ति नाबालक रहेकाले सार्वजनिक नगरिएको पनि डिएसपी पासवानले बताए। ‘परिवारले जाहेरी दिएकोमध्येका एक जनालाई पक्राउ गरेका हौं। यसबारे सार्वजनिक गर्दैछौं,’ उनले भने।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्य सहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
घटना सार्वजनिक भएपछि मधेस प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरे पनि अहिलेसम्म मुख्य आरोपीहरु पक्राउ पर्न सकेका छैनन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो