काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी जनतासँग माओवादी : तराई–मधेस जागरण अभियानको समय र मिति परिवर्तन भएको छ । फागुन १२ देखि जारी अभियानको तालिका बिहीबारदेखि केही हेरफेर भएको छ ।
अभियान कार्यक्रमको कार्यतालिकामा महोत्तरीदेखि पश्चिममा अभियानका कार्यक्रम स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका परिवर्तन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
जसअनुसार महोत्तरीमा बिहीबार अभियान सकेर सर्लाहीमा फागुन २३, रौतहटमा फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६ र चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ । यस्तै मगर मोर्चाको उद्घाटन बुटवलमा फागुन२८ हुने छ भने त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी ९नवलपरासी पश्चिम०मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।
चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन हुनेछैन । यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको अभियान अब चैत १२ गतेमात्रै सकिने भएको माओवादीले जनाएको छ ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानमा जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट भइरहेको छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएको छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् ।
यस्तै सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक समेत अभियानमा सहभागी छन् ।
अभियानअनुसार यसअघि फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र फागुन १७ गते सिरहा र धनुषामा आइतबार कार्यक्रम भएको थियो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो