काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु। २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्युनतम समर्थन मूल्य तोकेको छ ।
फागुन २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्युनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनकि गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले यही चैत्र ५ देखि ६,२०८१ ९तदनुसार १८–१९ मार्च, २०२५० सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११ औं एडिशन अफ द बर्लिन इनर्जी ट्रान्सस्टेशन डायलगमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको पनि बताए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो