रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व राजा लाई राजनीति गर्न मन लागेको भए पार्टी खोल्न सुझाव दिएका छन्।
जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनिति गर्न खोजेको भए पार्टी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ।
नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पार्टी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए।
यद्यपि जवरर्जस्ती गर्न खोजिए जनतालाई सैह्य नहुने उनले धारण राखे। यसअघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार उल्टो उल्टो गर्दै हिड्को टिप्पणी गरेका छन । देशको लागि राम्रो नभएको उनको भनाइ छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो