काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको घोषणा गरेका हुन्।
सोमबार पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा उक्त घोषणा गरिएको हो । आन्तरिक रोजगारीको ढोका खोल्ने भन्दै श्रम मन्त्रालयले रोजगार प्रवर्द्धन दशक घोषणा गरेको हो।
उक्त घोषणा कार्यक्रममा श्रम मन्त्रालय र विभिन्न रोजगारदाता निकायबिच समझदारी पत्रमा हस्तान्तर समेत गरिएको छ। आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमको समेत शुभारम्भ भएको छ।
समझदारी पत्रमा हस्ताक्षरले आन्तरिक रोजगारको ढोका खुलेको श्रम मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीलाई साक्षी राखेर रोजगारदाता निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
नाडा अटोमोबाइल एसोसिएसन, नेपाल होटल व्यवसायी सङ्घ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, गार्मेट एसोसिएसन नेपाल, नेपाल निर्माण व्यवसायी महासङ्घ, लगायतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो