काठमाडौं । विपक्षी चार दल सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा बृहत् जनसभा गर्ने भएको छ। आज बसेको मोर्चाको बैठकले जनसभालाई भव्य बनाउन आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ।
बैठकपछि नेता खड्गबहादुर विश्वकर्माले १५ गतेको प्रदर्शनलाई ऐतिहासिक बनाउन मोर्चाले तयारी गरिरहेको बताए । उनका अनुसार देशमा बढ्दै गएको प्रतिगमनविरुद्ध हजारौँ जनताको सहभागिता सुनिश्चित गर्दै त्यसलाई असफल बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
मोर्चाले प्रदर्शनअघि नै बुद्धिजीवी, नागरिक समाज तथा अन्य राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सोहीअनुसार भोलि बिहान ११ बजे बुद्धिजीवी तथा नागरिक समाजसँग अन्तरक्रिया तथा परामर्श कार्यक्रम आयोजना गरिनेछ।
दिउँसो साढे २ बजे कुपण्डोलस्थित हिमालयन होटेलमा पत्रकार सम्मेलनसमेत गरिने विश्वकर्माले जानकारी दिए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो