तनहुँ। मुलुकभित्र रोजगारीका अवसरको कमीले गर्दा विदेशी भूमिमा पसिना बगाएर परिवार सुखसँग पाल्ने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उद्देश्यले विदेशिएका तनहुँका ३५ युवा सम्झनामा सीमित भएका छन् । वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएपछि उनीहरु सम्झनामा सीमित भएका हुन् ।
चालु आर्थिक वर्षको हालसम्म जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ३७ जनाले ज्यान गुमाएर बाकसमा फर्किएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ । विदेशमा काम गर्दा सो सङ्ख्यामा ज्यान गुमेको केन्द्र तनहुँका संयोजक लुना रानाले बताए।
व्यास नगरपालिकाका आठ जना, शुक्लागण्डकी नगरपालिकाका सात, भिमाद नगरपालिका चार, भानु नगरपालिकाका चार, म्याग्दे गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका चार, घिरिङ गाउँपालिका तीन, ऋषिङ गाउँपालिका दुई र अन्य जिल्लामा घर भई यहाँ अस्थायी बसोबास गर्ने चार गरी ३७ जनाको रोजगारीका क्रममा मृत्यु भएको रानाले जानकारी दिए।
यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा तनहुँमा ठगीका घटना १२०, जेलसम्बन्धी चार, स्वास्थ्य उपचार र पारिवारिक स्वास्थ्य उपचार २३, उद्धार २२, अन्य छ वटा दर्ता हुन आएकोमा १०८ वटा समाधान गरिएको र सात करोड २२ लाख नौ हजार २५७ रुपियाँ क्षतिपूर्ति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । देशमा रोजगारीको अवसर नहुँदा प्रत्येक वर्ष नेपाली युवा जनशक्ति विदेशिने क्रम बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तनावमा र अत्यधिक काम गर्नेलगायतले गर्दा उनीहरूको ज्यान गएको पाइएको छ । ठुलो रकम खर्चेर विदेश गएकोले धेरै आम्दानी गर्ने दबाबले लगातार काम गर्दा पनि कतिपय घटना हुने केन्द्रका परामर्शदाता गोमा तिवारी बताउनुहुन्छ ।
मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना लगायतले गर्दा नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । केन्द्रले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरेर आफ्नो सेवा प्रवाहको बारेमा जानकारी दिएको थियो । सञ्चारकर्मीहरुले बैदेशिक समस्यालाई प्राथमिकता दिएर कलम चलाइदिएकोले वैदेशिक रोजगारीका क्रममा ठगिएका र अलपत्र परेका धेरै पीडितले राहत पाएको भन्दै भविष्यमा यस्ता विषयहरुलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्ने संयोजक रानाको भनाइ थियो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि सामी कार्यक्रम प्रभावकारी बनेको बताए। यस कार्यक्रमले समस्यमा पर्न नदिन र परिसकेकालाई उद्धारका लागि प्रभावकारी ढङ्गबाट काम गरेकाले पीडितलाई राहत दिलाउन सजिलो भएको न्यौपानेको भनाइ थियो ।
तस्बिर: गुगल








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो