दार्चुला । दार्चुलाको छाङरु र तिंकर पुग्न पैदल बाटो निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुसम्म जोखिमपूर्ण घोरेटो बाटोको काम तीव्र गतिमा भइरहेको हो ।
व्यास–२, दुम्लिङदेखि व्यास–१, छाङरुसम्म निर्माणाधीन घोडेटो बाटोको ९० प्रतिशत निर्माण कार्य पूरा भएको छ । सो पैदलमार्गको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मिसन–देवहरि जेभीका निर्माण व्यवसायी केशवबहादुर पालले जानकारी दिए ।
छाङरु र तिंकरमा दुई सय परिवारको बसोबास रहेकोमा उनीहरुलाई भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । अब त्यो बाध्यता हट्ने देखेर स्थानीय खुसी छन् ।
महाकाली नदीमाथि डोरीमा झुन्डिएर कडा चट्टानी भाग खोपेर ड्रिल गर्दै श्रमिकले काम गरिरहेका छन् । सबैभन्दा चुनौतीपूर्ण रहेको माल्पा भीर क्षेत्रमा पनि निर्माण लगभग पूरा भइसकेको बताइएको छ । छाङरुदेखि दुम्लिङसम्मको ३१ किलोमिटर क्षेत्रभित्रको पैदलमार्ग निर्माणका लागि संघीय सरकारले व्यास गाउँपालिकालाई पाँच करोड ५० लाख बजेट पठाएको थियो ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो