काठमाडौं । नेकपा एमालेकी सांसद् सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेकाले बोल्दा हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिएकी छन्।
बुधबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले सांसद गौतमलाई सदनमा अफवाह फैलाउने र गलत कुराको प्रचार गरि बाहिरिने ठाउँ नभएको भन्दै तथ्यको आधारमा कुरा गर्न चुनौती दिएकी हुन्।
बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाएकी थिइन्।
‘यो संसद अफवाह फैलाउने गलत कुराको प्रचार गर्ने र गलत टिप्पणी गर्ने र आफू बाहिरिने कुनै कुरा धैर्यतापूर्वक सुन्न पनि नसक्ने ठाउँ होइन। तथ्यको आधारमा कुरा गरौ देशका प्रधानमन्त्री दल विशेष नभई राष्ट्रको कार्यकारी प्रमुखका हिसावले गएको हुन्छ,’ उनले भनिन्, ‘टिप्पणी गर्ने माननिय ज्यू भाषा र परिभाषाको ज्ञान सिकाउन हामी तयार छौं, तर बोल्दाखेरी हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिन चाहान्छु।’
उनले सांसद गौतमलाई प्रधानमन्त्रीले राष्ट्रको गौरव बढाएर आइरहदा किन छटपटी भयो भन्दै प्रश्न समेत गरिन्।
‘प्रधानमन्त्रीसँग गएको टिमको सफाई चाइएको हो भने प्रमाणसहित दिन तयार छौं। देशको राष्ट्र प्रमुख कार्यक्रममा गएर राष्ट्रको गौरव बढाएर आइरहदा उहाँहरुलाई किन छटपटी भयो म प्रश्न गर्न तयार छु,’ उनले भनिन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो