काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आवाज उठाउँदै आएको निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) मा अनियमितता भएको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले छानबिनको माग गर्दै उजुरी दिएका छन् ।
सोसाइटीको आन्तरिक संरचना र निर्णय प्रणालीमा पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिनको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिइएका हुन् ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अभियन्ता लिड नेपालकी निर्देशक नुमा लिम्बु (चञ्चला), मिस्टर गे ह्याडसम २०१७ एवं मनिन्द्र सिंह दनुवार, मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग,सहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका तर्फबाट प्रशासन कार्यालय निवेदन दिएको बताइएको छ ।
उजुरीमा सोसाइटीको आन्तरिक सञ्चालकीय संरचना, निर्णय प्रक्रिया, सम्पत्ति व्यवस्थापन र समावेशी अभ्यासमा गम्भीर अपारदर्शिता, अलोकतान्त्रिक प्रवृत्ति र सीमित गुटद्वारा संस्थाको नियन्त्रण भइरहेको भन्दै त्यसको स्वतन्त्र र निष्पक्ष छानबिन हुनु पर्ने माग गरिएको छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले सोसाइटीका अध्यक्ष अमिशा (उमेश) पाण्डेलाई ५ दिनभित्र जवाफ समेत माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटीलाई बोलाएर सोधपुछ गर्ने बताएको छ। संस्थापक अध्यक्ष सुनिल बाबु पन्तलाई थाहा नै नदिई आफूखुसी साधारण सभा गर्ने सङ्घसंस्था ऐन विपरीतको कार्यको छानबिन हुने प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो