धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका नेता हरिराम चौधरी (उत्सव) को चुनावी अभियान तीव्र बन्दै गएको छ।

थारु समुदायको आवाज संसदसम्म पुर्याउने, दलित तथा उत्पीडित समुदायका हक–अधिकारको रक्षा गर्ने र सुशासन तथा भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने प्रतिबद्धतासहित चौधरी मैदानमा उत्रिएका छन्।
उनको अभियानमा समानता, न्याय र समृद्धिलाई मूल आधार बनाइएको छ। चौधरीले विगतदेखि नै सीमान्तकृत समुदायका मुद्दा उठाउँदै आएको उल्लेख गर्दै समर्थकहरूले चुनाव चिन्ह तारा मा मतदान गरी अत्यधिक मतले विजयी गराउन मतदातासँग अपिल गरिरहेका छन्।

चुनावी घरदैलो भेटघाट र मतदाताहरुसंगकाे प्रत्यक्ष संबादका क्रममा उम्मेदवार चौधरीले जनताको एक–एक मत परिवर्तनको आधार बन्ने विश्वास व्यक्त गरेका छन्। “यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, उत्पीडन र अन्यायविरुद्ध उभिने अवसर हो,” उनले बताएका छन्।

स्थानीयस्तरमा बढ्दो जनसमर्थनसँगै कैलाली–४ मा परिवर्तनको पक्षमा माहोल बन्दै गएको देखिन्छ।
पहिलोपटक प्रत्यक्ष चुनावमा हाेमिएका माओवादी पृष्ठभूमिका हरिराम चौधरी ‘उत्सब’ मतदाताले जिताउनेमा ढुक्क रहेकाे बताउछन् । उनी यसअघि राष्ट्रिय सभाका पूर्णकालीन सांसद भइसकेका हुन ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो