धनगढी । कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रेम बहादुर आलेलाई जिताउने उद्देश्यसहित मगर समुदाय एकजुट भएका छन् ।
विभिन्न ठाउँमा आयोजित भेटघाट, टाेलसभा, घरदैलो भेटघाट र सामूहिक कार्यक्रममा मगर समुदायका अगुवा तथा स्थानीयहरू खुलेर समर्थन जनाउँदै सक्रिय रूपमा चुनावी अभियानमा सहभागी भएका छन् ।

मगर समुदायको संगठित साथ र उत्साहजनक सहभागिताले प्रेम आलेको चुनावी अभियान थप बलियो बन्दै गएको छ ।
यसैक्रममा नेपाल मगर संघद्वारा आज शनिबार धनगढी उप-महानगरपालिका- १७, दिपनगरमा आयोजना गरिएको “माघि मिलन कार्यक्रम” मा प्रेम आले प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

माघि मिलन कार्यक्रमको उद्घाटन गर्दै आलेले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लडिरहेको बताए ।

उनले मगर समुदायको छोरो संसदमा पुगेपछि सिंगो मगर समुदायको शिर निहुरिन नदिने प्रतिबद्धता जनाउँदै मगर समुदायको हक–अधिकार, पहिचान र सम्मानका लागि सदैव आवाज उठाउने विश्वास दिलाए ।
कार्यक्रममा सहभागी मगर समुदायका अगुवा तथा स्थानीयहरूले प्रेम आलेलाई अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो