चितवन । चितवन–२ मा घरदैलो कार्यक्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई एक मतदाताले ‘जेनजी आन्दोलन’का विषयमा प्रश्न गरेका छन् ।
मतदाताले भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा लामिछानेसहित धेरै कैदीबन्दी बाहिर निस्किएको तथा आन्दोलनको नेतृत्वसमेत गरेको भन्ने चर्चा रहेको उल्लेख गर्दै स्पष्टिकरण मागे । ‘जेनजी आन्दोलनका क्रममा तपाईं बाहिर निक्लिनुभयो, धेरै कैदीबन्दी पनि निक्लिए ।
तपाईंले नै नेतृत्व गरेको भन्ने चर्चा छ । सत्य कुरा के हो ?’ ती मतदाताले प्रश्न गरे । जवाफमा लामिछानेले आफू कुनै पहुँच वा शक्ति प्रयोग गरेर बाहिर ननिस्किएको दाबी गरे। उनले जेल प्रशासनले बयानका लागि पत्र थमाएर पठाएको बताए ।
‘त्यसबेला आन्दोलनकै बीच बयान दिन जाने म एक्लो कैदीबन्दी थिएँ । पाँचवटा फलामे ढोकाभित्र बस्नुपर्छ कैदीले । मेरो के पहुँच थियो र ? उसले त जेल जोगाएको रहेछ भनेर आयोगका प्रमुख र जेलरले नै भन्नुभएको थियो,’ लामिछानेले भने, ‘अरु भागेर गए, म आन्दोलनको हुलमा गएँ । बाँकी कुरा उमेर र राजनीतिक चेतनाका रूपमा यति परिपक्व हजुरको विवेकलाई छाडेँ ।’








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो