धनगढी । कैलाली–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेले आफू विजयी भए धनगढीलाई देशकै नमुना सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी घरदैलो तथा टोलसभामा मतदातासँग संवाद गर्दै उनले धनगढीको समग्र विकासका लागि स्पष्ट योजना र दीर्घकालीन दृष्टिकोणसहित अगाडि बढ्ने बताएका हुन्।
“मैले जितेपछि धनगढीलाई व्यवस्थित पूर्वाधार, स्वच्छ वातावरण, आधुनिक स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्छु,” उनले भने, “धनगढीलाई देशकै नमुना सहर बनाउने मेरो संकल्प छ।”
आलेले सडक, ढल, खानेपानी, फोहोर व्यवस्थापन र यातायात प्रणाली सुधारलाई प्राथमिकतामा राख्ने बताए। साथै युवालाई रोजगारी, स्थानीय उत्पादनको बजारीकरण र साना–मझौला उद्योग प्रवर्द्धनमार्फत आर्थिक गतिविधि बढाउने योजना पनि सार्वजनिक गरे।
घरदैलोका क्रममा नागरिकले उठाएका समस्या र सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेटिएको उल्लेख गर्दै उनले विगतमा सांसद र मन्त्री हुँदा गरेका कामकै आधारमा मत मागिरहेको बताए।
“जनताको दुःख–सुखमा सधैँ साथ दिएको छु, अब विकासको नयाँ अध्याय सुरु गर्ने समय आएको छ,” उनले भने।
कैलाली–५ मा चुनावी माहोल तातेका बेला आलेको ‘नमुना धनगढी’ अभियानले मतदातामाझ थप चर्चा पाउन थालेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो