धनगढी, ९ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले ले धनगढी उपमहानगरपालिका–७ मनेहरा स्थित कालिका युवा क्लबका फुटबल खेलाडीसँग भेटघाट तथा छलफल गर्नुभएको छ।
फागुन ९ गते आयोजित उक्त कार्यक्रममा उहाँले स्थानीय खेलकुद क्षेत्रको वर्तमान अवस्था, खेलाडीहरूले भोगिरहेका समस्या र चुनौतीबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो।
फुटबलसहित विभिन्न खेलको दिगो विकासका लागि आवश्यक पूर्वाधार निर्माण, नियमित प्रशिक्षण व्यवस्था, स्तरीय प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रोत्साहनका उपायहरूबारे विस्तृत छलफल भएको थियो।

अन्तरक्रियामा बोल्दै उम्मेदवार आलेले आफू निर्वाचित भएपछि कैलालीको खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “युवालाई सही दिशा दिन खेलकुद महत्वपूर्ण माध्यम हो,” उहाँले भन्नुभयो, “रंगशाला तथा खेलमैदानको स्तरोन्नति, आवश्यक बजेट विनियोजन र प्रतिभाशाली खेलाडीलाई तालिम तथा अवसर उपलब्ध गराउन म विशेष पहल गर्नेछु।”
कार्यक्रममा सहभागी खेलाडीहरूले पनि प्रशिक्षण अभाव, उपयुक्त मैदानको कमी, नियमित प्रतियोगिता नहुँदा प्रतिभा पलायन हुने समस्या लगायतका विषय उठान गरेका थिए। उनीहरूले स्थानीय तह र संघीय स्तरबाट खेल क्षेत्रलाई दीर्घकालीन योजनासहित अघि बढाउन आग्रह गरेका छन्।
भेटघाट कार्यक्रमले खेलकुदमार्फत युवालाई सशक्त बनाउने विषयमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो