धनगढी, १० फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले प्रति जनसमर्थन दिनानुदिन बढ्दै गएको छ।
आइतबार धनगढी उपमहानगरपालिका–१७ धुरजन्न मा आयोजित टोल भेला कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार आलेले विकास, सुशासन र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएका छ ।
उहाले कैलाली–५ लाई कृषि, पर्यटन, शिक्षा र पूर्वाधार विकासको केन्द्रका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्री दीर्घ सोडारी, पुर्व मन्त्री कृष्ण सुवेदी लगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागीहरूले यश क्षेत्रको दीर्घकालीन विकास, रोजगारी सिर्जना र आधारभूत सेवाको विस्तारका लागि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राख्दै आलेप्रति समर्थन जनाएका थिए।
उम्मेदवार आलेले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै निर्वाचनमा विजयी भएमा यस क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
स्थानीय तहमा आयोजित यस्ता टोल भेलाहरूले कैलाली–५ मा चुनावी माहोल तातेको र आलेको पक्षमा जनलहर व्यापक रूपमा बढ्दै गएको संकेत गरेको आयोजकले दाबी गरेका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो